Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

अग्नि बचतले दियो विपद् ब्यवस्थापन समितिलाई पिपिई

Friday, April 10, 2020 National Power

बनेपा – काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा अग्नि सहकारी तथा युवा ब्यबसायी, सहकारी अभियन्ता रबिन्द्र श्रेष्ठले जिल्ला विपद ब्यबस्थापन समिति काभ्रेका संयोजक श्रवणकुमार तिमल्सिना लाई पुरा पिपिई सेट हस्तान्तरण गर्नु भएको छ ।

काभ्रेपलान्चोक जिल्लामा रहेको अग्नि बचतले मुलुमा भएको विपत्तिमा आफ्नो सस्थाको क्षमता अनुसारको अत्यावश्यक सामाग्री पिपिई सेट नै उपलब्ध गराएको हो ।

अग्नि बचतले पुरा पिपिई सेट नै विपद ब्यवस्थापन समिति काभ्रेका संयोजक श्रवणकुमार तिमल्सिना लाई दिएको र तिमल्सिना बाट काभ्रे सशस्त्र प्रहरी प्रमुख लाई हस्तान्तरण गरिएको थियो ।