Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गाउँपालिका लाई लायन्स क्लव अफ काठमाडौँले गर्‍यो स्वास्थ्य सामाग्री हस्तान्तरण

Friday, April 10, 2020 National Power

 

काभ्रेपलान्चोक – कोभिड -19 ( कोरोना ) महामारी बाट सुरक्षित रहनको लागि सामाजिक उत्तदायित्व अन्तर्गत लायन्स क्लव अफ काठमाडौँ परोपकारको सहयोगमा हिजो चौंरी देउराली गाउँपालिका काभ्रेलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।

गाउँपालिका कार्यालयमा नै पुगेर चौंरी देउरालीका युवा नेता लेखराज गौतम, प्रभा एलुम्नाई एसोसिएसनका महासचिव गोकुल गौतम समेतको उपस्थितिमा गाउँपालिका अध्यक्ष दिनानाथ गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने काम सम्पन्न भएको हो ।

हस्तान्तरण भएका स्वास्थ्य सामाग्रीहरुमा PPE १५ थान , ज्वरो नाप्ने डिजिटल थर्मोमिटर २०० थान , पुनः प्रयोग गर्न मिल्ने मेडिकल पञ्जा २२५ थान , डिस्पोजल पञ्जा १०० थान ,मेडिकल मास्क २०० थान , कपडाको मास्क ३५० थान , Sanitizer १० लिटर रहेका छन् ।

 

कपडाको मास्क ३०० थान प्रभा एलुम्नाई एसोसिएसनका महासचिव गोकुल गौतमले सहयोग गर्नु भएको हो भने बाँकी लायन्स क्लव अफ काठमाडौँ परोपकारले सहयोग गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले कोरोना महामारी बाट बच्न चौरी देउराली गाउँ पालिकामा संस्थागत सहयोग यो नै पहिलो भएको बताउनु भयो । उहाँले सहयोगको लागि लाईन्स क्लब र प्रभा एलुम्नाई प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा आफ्नो छोटो भनाइ राख्नु हुँदै चौंरी देउरालीका युवा नेता लेखराज गौतमले गाउँपालिकाको हरेक दुःख सुखमा आफू सधैं सँगै रहेको जानकारी गराउनु भयो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य प्रमुख तेज घिसिङले गाउँपालिका भित्रका जनताको अहिलेको स्वास्थ्य अवस्था बारे जानकारी दिनु भएको थियो ।

त्यसैगरी स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था लायन्स क्लव अफ काठमाडौँ परोपकार की संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डेले आफ्नै गाउँपालिकामा यस महामारीमा सानो नै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।