काठमाडौ -कोरोना भाइरसको महामारीले आज संसारभरी मानवीय सङ्कट उत्पन्न भएको छ । यो बेला सबैजना आ-आफ्नो क्षेत्रमा कृयाशील भएर खटिएका छन् ।
आफ्नो ज्यान जोखिममा राखेर खटिएका डाक्टर, नर्स, आर्मी,प्रहरी, सन्चारकर्मीहरुमा समर्पित तिमी जन जनमा बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतकार नरेश कुमार प्रधानको शब्द, सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायक विश्व नेपाली र गायिका बुनु श्रेष्ठको स्वर रहेकोे छ ।
देवेन्द्र नेवाको सङ्गीत संयोजन, महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रन तथा मिश्रणमा तयार भएको श्रव्य गीतको दृश्य मिश्रण वीरेन्द्र भाट विपिनले गर्नुभएको छ ।
गीतको भिडियो साउण्ड मिलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।