Wednesday 16th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

तातोपानी नाका संचालन मा आयो

Thursday, April 9, 2020 National Power

 

काठमाडौं – गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोक को तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छ्न ।

पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको खनालको भनाइ छ ।

शुक्रबार ठूला परिमाणमा सामान आइपुग्ने तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । तत्कालका लागि चीनले अत्यावश्यक वस्तु मात्रै नाका भएर पठाउने जानकारी दिएको उनको भनाइ छ ।

चीनमा कोरोना (कोभिड-१९)को संक्रमण बढेपछि १३ माघदेखि नाका बन्द थियो ।