Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

घरबेटीले एक महिनाको भाडा छुट गर्नुहोस् ; डेरावासीहरुका अध्यक्ष

Wednesday, April 8, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सरकारले ३ सातासम्मका लागि देश लकडाउनको अवस्थामा राखेको छ । लकडाउनमा अत्यावश्यक सेवाका बाहेक सरकारी अर्धसरकारी कार्यालयहरु बन्द छन् । उद्योग कलकारखाना विकास निर्माणका काम सबै ठप्प छ।

मन्त्रीपरिषदको बैठकले गत आइतबार एउटा निर्णय गर्यो लकडाउनको कारणले कोठा भाडामा बस्नेहरुको समस्य लाई हेर्दै नेपाल सरकारले एक महिनाको भाडा नलिन अनुरोध गरेको छ। भाडामा बस्ने श्रमजिवीलाई घरबेटीले एक महिनाको भाडा छुट दिने र त्यसबापत सरकारले पनि घरबहाल करमा छुट गर्न बताएको छ ।

जनतालाई राहत दिनका लागि भन्दै सरकारले गत आइतबार केही राहतका कार्यक्रम घोषणा गरेको थियो । सञ्चारमन्त्री युवराज खतिवडाले घर बहालमा बस्ने श्रमिक वर्गका लागि १ महिनाको घर भाडा मिनाह गर्न आग्रह गरेका थिए ।

डेरामा बस्नेहरुको हकहितका लागि पनि काम गर्ने संस्था छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । ८ बर्षअघि देखि डेराबासीहरुको लागि भनेर खोलिएको घरबहाल सरोकार महासंघ नेपाल नाम गरेको पनि संस्था छ । यो संस्थाका अध्यक्ष हुन् बलभद्र खनाल ।

सरकारले आग्रह गरेको १ महिना भाडा छुटलाई घर घरबाहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले सही कदम भएको भन्दै स्वागत गरेका छन् ।घरबाहालको विषयलाई राज्यले एउटा अभिन्न अंगको रुपमा लिएको महासंघले विश्वास गरेको छ । संकटको बेलामा घरबेटी संवेदनशील हुनुपर्छ ।

उनले नेपाल सरकारले जारी गरेको निर्देशिकालाई पालना गर्नु हरेक नागरिकको कर्तब्य रहेको बताए र अहिलेको विषम परिस्थितीलाई मानवीय संवेदनाको रुपमा पनि ग्रहण गर्न आग्रह गर्नु भएको छ ।

विश्वभरी नै कोरोना भाइरसका कारण व्यापार व्यवसाय ठप्प भएका कारण कोही पनि बाहिर आएर आर्थिक उपार्जन गर्न नसक्ने अवस्थामा रहेकोले घरबेटीले डेरामा बस्नेलाई सहयोग गर्नु नै धर्म हो भनेका छन ।

नेपाल सरकारले गरेको निर्णय लाई सबै घरबेटिले कार्यन्वयन गर्नेका लागि घरबाहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले आग्रह गर्नु भएको छ ।