Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अति भौतिकबादी सोच : समय, सस्कृती र सभ्यताको नदेखिदो शत्रु हो

Tuesday, April 7, 2020 National Power

लेखक : ज्योतिष आदित्य राज गिरी

काठमाडौ – समय परिबर्तनशिल छ। अति भौतिकबादी सोच : समय, सस्कृती र सभ्यताको नदेखिदो शत्रु हो। पन्च तत्वको सन्तुलनलाई आत्मसात गर्दै बिज्ञान परक अध्यात्मिक झुकाव युक्त जीवन शैली कुनै समयको पूर्वीय दर्शन भित्रीको कानुन थियो। हरेक कार्य धर्म, प्रकृति र वातावरण मैत्री हुनु नै पूर्वीय दर्शनको श्रृङ्गार थियो। पिपल अनि तुलसी होस वा गाई , गाईको दूध गोबर र मुत्र किन नहोस । शंख होस वा दिप र घण्टीको महत्त्व नै किन नहोस, बिहानि स्नान होस या भोजनको समय चोखो वस्त्रको भुमिका किन नहोस केश मुन्डनमा टुपीको भुमिका होस वा ठुलो ठुलो हवन र यज्ञ किन नहोस यावत विषयहरु त्यस समयका हरेक कार्य आजको आधुनिक बिज्ञान र बैज्ञानिकको कल्पना भन्दा माथी थियो।

त्यस बेलाको विकासको चर्चा र कहानी आजको बिज्ञानका लागि चुनौती जस्तै थियो।
राम्रो र नराम्रो, खराव र असल, मूर्ख र ज्ञानि , अनुकुल र प्रतिकुल जस्ता धेरै अन्तरनिर्मित अबस्था सृष्टिको सन्तुलनको महत्त्वपूर्ण पक्षहरु हुन। जब यस्तो पक्षहरु मध्य कुनै एक अन्तर निर्मित पक्षको कृयाशिलताले आफ्नो दायरा भुल्छ तब जीवन शैली समस्यामा पर्छ।जसको मुल्य हामी प्रकृतिमा निहित ब्यक्ति ,जैविक, भौतिक र आध्यात्मिक पक्षले भोग्नु पर्छ।

हामीले नै प्रकृति विरुद्धका कदमहरुलाई हामीले विकासे (हाइब्रेट) जीवनको अभिन्न अङ्ग बनाएको कारण आज प्रकृति उग्र भएको छ। हामीले जीवन जीउने धर्म भुलेका छौ।बिज्ञानले स्वीकार्यले महान अनि बैज्ञानिक भनेको जीवनशैली र संस्कृती बिस्तारै नासिदै छ।
केही दशक देखि पूर्वीय दर्शन जसले हामीलाई सिकाएको धर्म(जीवन जीउने कानुन), जीवन शैली र कला सस्कृती माथी धेरै हमला भएका छ्न। हामीले स्वंंयमले आधुनिकता र विकासका नाममा पूर्वीय दर्शनलाई बिस्तारै कमजोर पार्दै गैरहेका छौं तर यही समयमा उग्र विकाशक्रमलाई मान्यता दिने सभ्यताकाहरु आज पूर्वीय दर्शन सामु झुकेका छ्न। पूर्वीय सभ्यताको खुल्ला प्रशंसा गर्न थालेका छन। तर हामी आफ्नै सभ्यताको पहिचान बाट दिनहु टादिदै छौ किनकी हामी अतिभौतिकबादी सोच भयको मानिस हौ हामी बिस्तारै परदर्शन र परधर्ममा लिप्त हुँदै गएका छौं ।
(यो लेख कुनै धर्म, समुदाय र राजनिती प्रती लक्षित भन्दा पनि पूर्वीय ज्ञानको लोप र भंग क्रमको पिडामा लक्षित छ।)