काभ्रेपलान्चोक – बनेपा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का केन्द्रिय सदस्य , पार्टी जिल्ला इन्चार्ज , निवर्तमान संचार तथा सूचना प्रबिधि मन्त्री एबम काभ्रे प्रतिनिधि सभा २ का माननीय सांसद कमरेड गोकुल बास्कोटाको पहलकदमिमा काभ्रेका स्थानिय तह हरुको लागि उपलब्ध गराउनु भएको स्यानिट्याइजर र मास्क बितरणको पहिलो दिन अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रे द्वारा मण्डनदेउपुर नगरपालिका भुम्लु गाउँपालिका र चौरिदेउराली गाउँपालिका लाई हस्तान्तरण गरिएको छ ।
मण्डनदेउपुर नगरपालिका मा १८० थान स्यानिट्याइजर र ५०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको थियो भने भुम्लु गाउपालिका र चौरिदेउराली गाउपालिकामा १२० थान स्यानिट्याइजर प्रदान गरिएको थियो ।मण्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाइबा उपप्रमुख निर्मला शाही कार्यकारी अधिकृत प्रणराज न्यौपाने लगायत लाई हस्तान्तरण गरिएको थियो भने भुम्लु गाउपालिकामा पालिमा प्रमुख गुमानध्वज कुवँर लाई हस्तान्तरण गरिएको थियो भने चौरिदेउराली गाउपालिकामा शालिकराम नेपाल लाई हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य जेनिस लामा सुन्दर खड्का शालिकराम पराजुली राष्ट्रिय युवा संघ जिल्ला संयोजक बिक्रम चौलागाईं सह संयोजक राजकुमार श्रेष्ठ अनेरास्ववियू काभ्रेका पुर्व अध्यक्ष नवराज ढकाल अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्मा जिल्ला सदस्य मुकुन्द लामिछाने मिलन गौतम राष्ट्रिय युवा संघ बनेपा नगर अध्यक्ष रत्न श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।
काभ्रे जिल्ला का विभिन्न स्थानिय तहलाई आवस्यक स्यानिट्याइजर र मास्क उपलब्ध गराउने क्रम निरन्तर चल्ने छ।