Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बनेपा प्रहरीले आज लकडाउन उलंघन गरि हिडने ८० जनालाई गर्‍यो कार्वाही

Sunday, April 5, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ८० जनालाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको छ ।

 

बनेपा नगरपालिकाको बजार एरीयामा बिना काम लकडाउन उल्लंघन गरी हिड्ने ८० जनालाई इलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा लिई बनेपा न.पा-५ मा रहेको बनेपा प्राविधिक शिक्षालयको खेल मैदानमा सुरक्षित ब्यबस्था मिलाई कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कक्षा संचालन गरी लक डाउन सम्बन्धि जानकारी गराउदै अब उप्रान्त लकडाउन उल्लंधन नगर्ने शर्तमा छाडिएको छ ।

नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको थियो । कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको बेलामा अनावश्यक हिडढुल गरि लकडाउनको उलंघन गर्नहरु लाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो ।