Tuesday 24th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

काभ्रेका बनेपामा नि:शुल्क खाना

Saturday, April 4, 2020 National Power

काभ्रेपलान्चोक – कोरोना भाइरसको संक्रमणबाट बच्न जारी ‘लकडाउन’का कारण दैनिकजीवन ठप्प परिरहेको अवस्थामा कोठा भाडामा बसोबास गर्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि बाच्न निकै गार्‍हो भएको छ ।लकडाउनले गर्दा दैनिक ज्यालादारी गरि खाने अति विपन्न परिवारहरुमा तुलनात्मक रुपमा खाद्यन्नको अभाव देखिएको छ।

काभ्रेको मुख्य सहर बनेपाको तिनदोबाटोमा पानस पार्टी प्यालेसको सकृयतामा बनेपाका युवाहरुले निःशुल्क खाना खुवाउनका हुन ।

पानस पार्टी प्यालेसलाई सूर्य श्रेष्ठ, विमल सोनाम, विकास श्रेष्ठ, ईन्द्र श्रेष्ठ, नविन वैद्य, निराजन तिमिल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा लगायतका बनेपाका युवाहरुको साथ रहेको छ ।

पैदलयात्री,मजदुरीहरु, स्वास्थ्यकर्मी, सुरक्षकर्मीलाई लक्षित गरिएको, तर विशेष प्राथमिकता भने सडकमा अलपत्र भएका मानिसहरु खुवाएका छ्न ।