Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

जनताले हिसाब माग्ने छ ; घनश्याम गाैतम

Friday, April 3, 2020 National Power

कबिता : जनताले हिसाब माग्ने छ!
लेखक : घनश्याम गाैतम

काेराेनाकाे निउ बनाउँ !
अाउँ हामी सबै लक डाउन मनाउँ
कालाे बजारीलाई मालामाल
नेतालाई पैसा फालाफाल
जनता महङगीकाे मारमा
लुकाउछन सामान बजारमा!
अाैषधीमा कमिशनकाे खेल छ!
जनताकाे घरमा न ग्याँस न चामल
न नुन र तेल छ!

लुट्नु सम्म देश लुट्दै छन्
नेता मन्त्रीनै यसमा जुट्दैछन
सिमानामा नेपाली अलपत्र
कमिशनकाे भागबन्डा सर्बत्र
पाच रुपियाकाे मास्क सयमा
कालाे बजारमा किन्न गएमा
काेराेना कसैलाई पाप भाे
तर नेतालाई फलीफाप भाे!
जनताकाे धेर्यता नटुटाेस
घुसखाेरी नेता नछुटाेस्
जनतालाई घर घरमा थुनेर
कमिशनकाे जालाे बुनेर
जनताकाे सराप लाग्नेछ
जन लहर फेरि जाग्ने छ!

काेराेना भन्दा डरलाग्दाे
नेता रुपीभाइरस सँग
जनताले अब हिसाब माग्ने छ
जनताले अब हिसाब माग्ने छ!