Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

महामारी नियन्त्रण गर्न कम्तिमा ६ हप्ता लकडाउन गर्नुपर्ने अध्यनले देखाएको छ

Friday, April 3, 2020 National Power

काठमाडौ – कोरोना भारइसको संक्रमण नफैलिओस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गरेको छ। सुरूमा एक हप्ताका लागि भनिएको लक डाउन थपेर दुई हप्ता पुर्‍याइएको छ। धेरै मानिसहरूलाई लक डाउन फेरि थपिन्छ कि थपिन्न भन्ने चासो छ किनकी हाम्रो छिमेकी भारतले सुरूमै तीन हप्ता लामो लक डाउन घोषणा गरेको छ।

एउटा नयाँ अध्ययनलाई आधार मान्ने हो भने तपाईंहरूले घरभित्रै बस्नु पर्ने दिन अझै केही साता लम्बिन सक्छ किनकी कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राख्ने हो भने कम्तिमा पनि छ हप्ता लक डाउन गर्नु पर्ने उक्त अध्ययनले देखाएको छ।

अमेरिकाको एसएसआरएन जर्नलमा यसै साता प्रकाशित अध्ययनबारे शुक्रबार साउथ चाइना मर्निङ पोष्टले समाचार प्रकाशन गरेको छ। उक्त अध्ययनको रिपोर्टले भन्छ :- महामारी रोक्न एकदमै कडाखालका कदमहरू चालेका देशले तीन हप्तापछि महामारीलाई मध्यम स्तरको बनाउन सक्छन्। एक महिनामा संक्रमणको फैलावट रोक्न सक्छन् भने ४५ दिनपछि महामारीलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन्।
उक्त अध्ययनले कडा कदमभित्र पूर्ण लक डाउन, घरभित्रै बस्ने आदेश, व्यापक परीक्षण र क्वारेन्टिनमा राख्ने कुराहरू पर्ने उल्लेख गरेको छ। यी कुराहरू जति कम गर्‍यो महामारी नियन्त्रण गर्ने त्यति नै बढी समय लाग्ने अध्ययनको निष्कर्ष छ।

‘भ्याक्सिन, उपचार, बृहत परीक्षण र क्वारेन्टिनमा राख्ने कुरा नहुँदा लक डाउन र घरमै बस्नु पर्ने समय केही महिनासम्म आवश्य हुन्छ,’ अध्ययनमा भनिएको छ।

यो अध्ययन संसारका ३६ वटा मुलुक र ५० वटा अमेरिकी राज्यका तथ्यांकहरूमा आधारित छ।

अनुसन्धानकर्ताहरूले मुलुकको आकार, सीमा जोडिएका देश र अभिवादन गर्ने संस्कार, तापक्रम, आद्रता र अवस्थितिले पनि लक डाउनको समयमा केही तलमाथि हुन सक्ने बताएका छन्।
उनीहरूले इटाली र क्यालिफोर्नियाले लागू गरेको कडा खालको लक डाउन, सिंगापुर र दक्षिण कोरियाले गरेका व्यापक परीक्षण र चीनले यी दुबैको मिश्रण गरेर अपनाएको नीतिलाई आफ्नो अध्ययनले सहयोग गरेको बताएका छन्।

‘सिंगापुर र दक्षिण कोरियाले व्यापक परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने नीति लिएका छन्, यो नै महंगो लक डाउन र घरमै बस्ने नीतिको एकमात्र विकल्प हो,’ अध्ययनमा भनिएको छ।

अमेरिकाले समयमै यी नीतिहरू नअपनाएका ले कोरोनाको महामारी तीव्र रूपमा फैलिएको पनि अध्ययनको निष्कर्ष छ।

मार्चको सुरूतिर अमेरिका १ हजारजति कोरोना भाइरस संक्रमित थिए भने केही दर्जनले मात्र ज्यान गुमाएका थिए त्यतिबेला अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकमा भाइरसको संक्रमण हुने जोखिम कम भएको भन्दै कडा कदम चाल्न तत्परता देखाएका थिएनन्। पछिल्लो समय अमेरिका कोरोना भाइरसको नयाँ हटस्पट बनेको छ।