Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मेयर किसानलाई हौसला दिन खेतबारीमा

Thursday, April 2, 2020 National Power

काभ्रे – पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले किसानलाई हौसला दिन खेतबारीमा पुगेका छन् ।

काठमाडौँलाई तरकारी पठाउने मुख्य क्षेत्रका रुपमा रहेको पाँचखालका किसानलाइ हौसला दिन नगर प्रमुख खरेल आलु खन्ने सिजन पारेर किसानलाई हौसला दिन खेतबारीमै पुगेका हुन्।

पाँचखालमा उत्पादन भएका तरकारी बजारसम्म पु¥याउने नगरले गर्नुपर्ने सहयोग सबै गर्ने नगर प्रमुख खरेललको भनाइ छ। खरेलले काम गर्ने कुरामा पनि दूरी कायम गरेर गर्न किसानहरुलाइ आग्रह गरे। नगरले तरकारी, दूध, खाद्यान्न ढुवानी गर्ने सबारीसाधनलाइ छुट्टै पासको व्यवस्था गरेको छ। दूध संकलन गर्ने ठाउँमा दूरी कायम संकलन गर्ने तथा सेनिटाइजर, मास्क लगायतका सामग्री बितरण गरिएको छ।