काभ्रेपलान्चोक – कोरोना भाइरस (कोभिड-१९) की छैठौं संक्रमित महिला बाग्लुङकी भएको खुलेको छ।
यसअघि बाग्लुङकै १९ वर्षीय युवतीमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुबै जना गत चैत ४ गते एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै काठमाडौं आएका थिए।
अहिले ती संक्रमित महिलाको अवस्था सामान्य रहेको र उनी होम क्वारेन्टाइनमा बसेको जानकारी आएको छ।