Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

हिजो १२२ कार्वाही पछि आज सुनसान बनेपा बजार

Wednesday, April 1, 2020 National Power

 

काभ्रेपलान्चोकतपाईं बिना काम बाहिर हिँडिरहनु भएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा राख्ने भएको छ ।

एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम लगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा निस्किन पाउनेछन् कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित थप कडाइ गरिएको छ ।

सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको लकडाउनमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले भन्नु भयो “लकडाउनलाई उल्लङ्घन गर्न थालेपछि हामीले थप कडाइ गरेका हौँ” उनले भने, “बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिइनेछ ।”