Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सुरकृष्णको पहलमा जिल्ला र शीर मेमोरीयल अस्पताललाई माक्स

Wednesday, April 1, 2020 National Power

बनेपा –  आई एम ई फाउन्डेशन र काभ्रे उद्योग बाणिज्य संघ द्वारा जिल्ला बिपद ब्यवस्थापन समिति काभ्रे र शीर मेमोरीयल अस्पताल बनेपालगायत अन्य स्वास्थ्य संस्था हरू लाई मास्कलगायत स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

बुधबार उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेलगाएतले जिल्ला बिपद ब्यवस्थापन समिति काभ्रेका लागि सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईलाई पाँच सय पिस माक्स र शीर मेमोरीयल अस्पतालका लागि अस्पतालका प्रमुख डाक्टर डोले एम मोलेलाई पाँच सय पिस माक्स हस्तान्तरण गरेका हुन ।

यस अघि काभ्रे उद्योग बाणिज्य संघले जिल्लाका प्राय स्थानिय तहमा तयार गरिएका क्वारेनटाइनका लागी खाद्यान्न सामग्री लगाएत बितरण गरि सकेको छ भने महाभारत गाउँपालिकामा क्वारेनटाइन निर्माणका लागि ४० बेड बनाउन आवश्यक प्लाई ब्यवसायी राजन ढकालको सहयोगमा हस्तान्तरण गरिएको काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेले बताए ।