Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने

Tuesday, March 31, 2020 National Power

काठमाडौं – कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुको मृत्युबारे आएका रिर्पोट सबै नेगेटिभ छन् । यो बीचमा नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने भएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ ।

प्रयोगशालाका निर्देशक डा. रुना झाले जो कोहीको पनि कोरोना परिक्षण गराउन सक्ने र एक दिनमा धेरै व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन सकिने बताए । सरकारले पीसीआर मसिन ३० हजार रिएजेन्ट ल्याएको छ । एउटा रिएजेन्टले एक जनाको नमुना परिक्षण गराउन सकिने छ । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतवार देखी परिक्षण सुरु गरिएको छ भने पोखरा , जनकपुर , हेटौडामा समेत परिक्षण सुरु गराउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।