Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ पुग्यो

Saturday, March 28, 2020 National Power

काभ्रे – एक युवतीमा कोरोनाको संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएको देवकोटाले बताए । उनको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिएका छन् ।