काभ्रेपलान्चोक – तपाईं बिना काम बाहिर हिँडिरहनु भएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा राख्ने भएको छ ।
एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम लगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा निस्किन पाउनेछन् कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको लकडाउनमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले भन्नु भयो “लकडाउनलाई उल्लङ्घन गर्न थालेपछि आजदेखि हामीले थप कडाइ गरेका हौँ” उनले भने, “बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिइनेछ ।”