Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पसल खोल्ने समय तोकियो, यस्तो छ नियम

Saturday, March 28, 2020 National Power

काभ्रे – बनेपा लकडाउनको बेला जनता हरुलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न पाइने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने जनता समाचारलाई बताउनुभएको छ । मन्त्री भट्टले लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न पाइने जानकारी दिनुभयो