Friday 28th November 2025

    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन    नेपाल महिला चेम्बरद्वारा स्टार्टअप, उद्यमशीलता तथा उद्यम प्रवर्द्धन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न    इनास नेपालको अध्यक्षमा लामिछाने    निर्माता संघको अध्यक्षमा उदय

सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैं सचेत हुनुपर्ने :केन्द्रीय प्रहरी प्रवक्ता

Tuesday, March 24, 2020 National Power

काठमाडौं – कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयमा सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैं सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नागरिकको हितमा सरकारले निर्णय गरेकाले सबैले आफैं निर्देशन पालना गर्नु नै हितकर हुने बताए । ‘यो स्वअनुशासनको विषय पनि हो, त्यसैले यसमा कर्फ्यूजस्तो बल प्रयोग गर्नु नपरोस् भन्ने हाम्रो चाहना हो’, उनले भने ।

लकडाउनको पहिलो दिन मंगलबार नागरिकस्तर बाट सरकारी निर्णयको पालना भएको भएको पनि उनले जनाए । ‘मेरो बुझाइमा सरकारले जारी गरेको सूचनाको ९९ प्रतिशत पालना भएको छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) क्षेत्रीले भने, ‘यसका लागि नेपाल प्रहरी सर्वसाधारणप्रति कृतज्ञ छ ।’

लकडाउनको निर्णय पहिलोपटक भएकाले यदाकदा उत्सुकता र जानकारी नदिएकाले केही अवज्ञाको प्रयास भएको उनले बताए । थापाले भने, ‘त्यस्ता ६८ जना व्यक्तिलाई नियन्त्रणमा लिएका छौं यद्यपि, सम्झाइबुझाइ गरेर छाडिसकेका छौं ।’

१५ सय सवारीसधान नियन्त्रणमा

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउन उलंघन गरेको आरोपमा कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ४, सुनसरीबाट ४, पर्साबाट ३, सिरहाबाट २, कञ्चनपुर २ र धनुषाबाट १ गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गरी सञ्चालन गरिएका १ हजार ५७१ सवारी साधन पनि नियन्त्रणमा छन् ।