Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सेयर बजार बन्द गराउन माग गर्दै नेप्से पुगे लगानीकर्ता

Sunday, March 22, 2020 National Power

काठमाडौं –  सेयर बजार बन्द गराउन माग गर्दै लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा पुगेका छन् । कोरोनाको महामारी फैलन सक्ने भन्दै प्रधानमन्त्रीले निर्देशन दिदा समेत बजार बन्द नगरिएको भन्दै लगानीकर्ताहरु आइतबार बिहानै नेप्सेको कार्यालय पुगेका छन् ।

सेयर बजारका लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, तथा नेपाल पुँजी बजार संघले बजार बन्द गराउन आग्रह गरेको छ । कारोबार खुला भइरहे कोरोनाको उच्च जोखिम रहेको भन्दै लगानीकर्ताहरुले तत्कालै केहि समयका लागि बजार बन्द गराउन आग्रह गर्दै आएका छन् । लगानीकर्ताहरुको आग्रह पछि नेपाल धितोपत्र बोर्डले ब्रोकर कार्यालयमा स्क्रीन हेरेर गरिने कारोबार भने बन्द गराइसकेको छ ।

इन्भष्ेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सेयर बजार अत्यावश्यकमा नपर्ने भएकाले प्रधानमन्त्रीले दिएको निर्देशन पालना गरेर बन्द गरिनु पर्ने बताए । पूर्ण रुपमा सबे लगानीकर्ताहरले अनलाइनबाट कारोबार गर्ने गरेको भए पनि खुला राख्न सकिने भन्दै उनले अहिले अधिकांश लगानीकर्ताहरु ब्रोकरमा गएरै कारोबार गर्ने गरेकाले बजार बन्द हुनु पर्ने बताए । ‘प्रधानमन्त्रीज्यूले नै अत्यावश्यक बाहेक बन्द गर्नु भन्नु भएको छ, खै त्यसको पालना भएको रु’ उनले भने, ‘यो प्रधानमन्त्रीको आदेश नै पालना नगर्नु ठिक भएन, बजार तत्काललै बन्द गरिनु पर्छ ।’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि अनलाइन कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थोरै रहेको भन्दै बजार खुला राख्नुको अर्थ नरहेको बताइन् । करिब २० लाख लगानीकर्तामा २० हजार पनि अनलाइन प्रयोगकर्ता नरहेको भन्दै बजार बन्द गराउनुको विकल्प नरहेको उनले बताइन् । उता नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजार बन्द गराउने कि नगराउने भन्ने विषयमा छलफल भइरहेको बताएछन् ।