Sunday 29th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

नाम्चेका सम्पूर्ण होटलहरु बन्द

Friday, March 20, 2020 National Power

काठमाडौं – सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द भएका छन् । नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द गरिएको जानकारी दिएको हो ।

कोभिड-१९ अर्थात् कोरोनाको भाइरसको विश्व महामारीका बीच नेपाल सरकारले घोषण गरेअनुरुप महामारीको उच्च सतर्कता अपनाउदै नाम्चेमा सञ्चालित सबै होटल तथा लजहरु बन्द गर्ने निर्णय गरेको एसोसिएसनले बताएको छ । अध्यक्ष मिङ्मा शेर्पाद्वारा जारी प्रेस विज्ञप्तिमा अर्को सूचना नआएसम्मलाई बन्द जारी रहने बताइएको छ ।