Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

पेट्रोल लुकाउने मैतीदेवी पेट्रोल पम्पलाई २ लाख जरिवाना

Wednesday, March 18, 2020 National Power

काठमाडौँ — सरकारले मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो ।

‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाइयो,’ विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले भने, ‘पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति १० बजे नै जरिवाना गर्यौं ।’ निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द नै छन् । इन्धनका लागि
सर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ । अनुगमनको क्रममा उपभोक्ताहरु नाकाबन्दीको बेला भएको न्यून आपूर्तिको त्रासले मौज्दात राख्न थालेकाले आपूर्तिमा समस्या देखिएको मन्त्रीका स्वकीय सचिव हितेश ओझाले बताए ।

आयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही हुने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कत्रिम अभाव सिर्जना गराइ उपभोत्तालाई भयभित बनाएको जनाउँदै निगमले कडा कारबाही गर्ने चेतावनी दिएको हो । ‘निगमले आपूर्तिको मात्रा पर्याप्त बढाएको छ ।