Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

अष्ट्रेलिया प्रवेश गर्ने हरेकले क्वारेन्टाइन बस्नुपर्ने

Sunday, March 15, 2020 National Power

काठमाडौं –  अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिशनले आफ्नो मुलुकमा आउने सबैलाई दुई साता क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छन् । न्युजिल्याण्डले आफ्नो सीमामा विश्वकै सबैभन्दा ठूलो कडाइ गरेसँगै अष्ट्रेलियाले पनि भाइरस नियन्त्रणका लागि यस्तो कदम चालेको हो ।

कोरोना भाइरस कोभिड-१९ लाई नियन्त्रणका लागि चालिएको यो कदम महत्वपूर्ण रहेको मौरिशनले बताए । प्रधानमन्त्री मौरिशनको निर्देशनअनुसार आइतबार रातिदेखि अष्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति क्वारेन्टाइनमा बस्नुपर्नेछ । साथै अष्ट्रेलियामा ३० दिनसम्म विदेशी जहाजलाई प्रतिबन्ध लगाइएको छ । तर, विद्यालयहरु भने नियमितरुपमा सञ्चालन हुनेछन् ।

अहिलेसम्म अष्ट्रेलियामा यो भाइरसका २५० संक्रमित देखिएका छन्, जसमध्ये ३ जनाको ज्यान गएको छ । मौरिशनले बाहिरबाट आएका मानिसबाट यो रोग सर्ने सम्भावना प्रबल रहेकाले यस्तो योजना ल्याइएको बताए । यो भाइरसलाई पूर्णरुपमा रोक्न नसक्ने भए पनि सुस्त बनाउन सरकारले प्रयास गरिरहेको उनले बताए । बाहिर हिँड्दा पनि अरु मानिसभन्दा केही पर रहन र हात नमिलाउन पनि प्रधानमन्त्री मौरिशनले आग्रह गरेका छन् ।