Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

रुघा, मर्की वा कोरोना भाइरस के लागेको हो ? कसरी थाहा पाउने ?

Friday, March 13, 2020 National Power

काठमाण्डौ – नेपालमा अहिले हिउँद सकिएर न्यानो सिजन सुरू हुने बेला भएको छ। त्यसमाथि दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ। कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ।

संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धरैलाई चिन्ता हुन्छ , कतै मलाई पनि कोरोना भाइरसको संक्रमण त भएन।

तपाईंलाई देखिएका लक्षण रुघाखोकी, मर्की वा कोरोना भाइरस के-को हुन सक्छ भनेर कसरी थाहा पाउने त ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यी तीनै रोगका प्रारम्भिक लक्षणहरू छुट्याएको छ। उक्त वर्गीकरणअनुसार रुघा, मर्की र कोरोना भाइरसका केही समान लक्षण छन्।

रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैनन्।

उदाहरणका लागि, तपाईंलाई हाछ्यूँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक टालिएको छ भने, त्यो कोरोना भाइरसको लक्षण होइन। यी कुनै पनि लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिँदैनन्।

त्यस्तै कोरोना भाइरस हुँदा प्रायः टाउको दुख्ने वा वाकवाकी लाग्ने पनि हुँदैन। त्यसो भए कस्तो लक्षण देखियो भने कोरोना भाइरस हो कि भनेर सचेत हुने तरु

तपाईंलाई हाछ्यूँ आउने, नाक बग्ने,टालिने केही पनि समस्या छैन तर सुख्खा खोकी लागिरहेको छ भने तपाईं सचेत हुनुपर्‍यो।

सुख्खा खोकीसँगै तपाईंको सास छोटो भएको छ, ज्वरो आएको छ र सास फेर्न कठिन छ भने तपाईं तुरुन्तै डाक्टरकहाँ जचाउन जानुस्। किनकी यी कोरोना भाइरसका लक्षण हुन्।

कोरोना भाइरसमा कहिलेकाहीँ जिउ दुख्ने र थकान लाग्ने पनि हुन्छ। यस्तोमा तपाईं सचेत हुनुपर्छ।

तर यति हुँदैमा कोरोना भाइरस नै हो भनेर नआत्तिनुस्। किनकि मर्की (फ्लु) लाग्दा पनि जिउ दुख्ने र थकान लाग्ने हुन्छ। त्यस्तै मर्कीमा ज्वरो पनि आउँछ।

तर मर्कीमा सास छोटो-छोटो हुने वा सासै फेर्न मुश्किल हुने भने हुँदैन। त्यसैले सास फेर्न गाह्रो हुने र ज्वरो एकैपटक देखिएको छ भने त्यो कोरोना भाइरसको लक्षण हुने धेरै सम्भावना हुन्छ।

तपाईंमा यी लक्षण देखएका छन् भने तुरून्त जचाउन जानुस्। अरूका नजिक नजानुस्, तुरुन्तै मास्क प्रयोग गर्नुस्।

साभार : सेतोपाटी डट कम