काठमाडौं – कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुँदै छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव पेश गर्न लागेका हुन् । सो प्रस्तावको समर्थक नेकपाकै सांसद रामकुमारी झाँक्री छिन् ।
प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दै छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा यो संकल्प प्रस्तावलाई पनि राखिएको छ । पूर्वमन्त्रीसमेत रहेका अधिकारीले चार महिनाअघि नै यो संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।