Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

अब आफ्ना फेसबुक पोष्ट इन्स्टाग्राममा शेयर गर्न सकिने !

Wednesday, March 11, 2020 National Power

फेसबुकले आफूमातहतका सोसल मिडिया प्लाटफर्महरूलाई एकीकृत गर्ने योजना बनाइरहेको समाचार गएको वर्ष नै आएको थियो । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएप फेसबुक कम्पनीका मुख्य सोसल प्लाटफर्म हुन्, जसका प्रयोगकर्ताको संख्या हरेकको १ अर्बभन्दा बढी छ । एक रिपोर्टअनुसार, अहिले विश्वका सर्वाधिक लोकप्रिय एपहरूमा फेसबुक मातहतका यिनै चार एप रहेका छन् ।

फेसबुकको योजना अनुसार, यी सोसल मिडियाका प्रयोगकर्ताहरूले एक प्लाटफर्ममा गरेका पोष्टहरू अर्को प्लाटफर्ममा सीधै शेयर गर्न सकिने सुविधा उपलब्ध हुनेछ । केही समय अघिदेखि इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्ना इन्स्टाग्राम स्टोरीहरू फेसबुकमा पोष्ट गर्न पाउँदै आएका छन् । अब निकटभविष्यमै फेसबुक प्रयोगकर्ताहरूले आफ्ना फेसबुक पोष्टहरू इन्स्टाग्राममा शेयर गर्न पाउनेछन् ।

समाचार अनुसार, फेसबुकले अहिले परीक्षणका लागि यो फिचर केही प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । जुन फिचर फेसबुक एपको Story Privacy settings  को पेजमा Share Story to Instagram अप्सनका रूपमा उपलब्ध छ ।

फेसबुकले सुरु गर्न लागेको यो नयाँ फिचरका बारेमा फेसबुक प्रवक्ताले पनि पुष्टि गरेका छन् । उनका अनुसार, प्रयोगकर्ताका जीवनका महत्त्वपूर्ण क्षणहरू विभिन्न प्लाटफर्ममा शेयर गर्न सजिलो बनाउनका लागि क्रस पोष्टिङ फिचरको आधिकारिक रूपमा परीक्षण सुरु भएको छ ।