नेपाली लोकदोहोरी क्षेत्रका लोक पारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायक मोहन खड्काको आवाजमा ”न्याउली चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडको संयोेजनमा आइपरेका विरहका भाकालाई गीतमा समेटिएको छ । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गीतमा रहेको छ ।
दिपक गिरीको छायाँकन , शिव पौडेलको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । ”न्याउली चरी ” गीतको भिडियोमा तेजेन्द्र गौत्तम , आयुष्मा कार्की र विनोद गैरेको लोभलाग्दो अभिनय रहेको छ ।