Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

Sunday, March 8, 2020 National Power

वीरगञ्ज –  पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् । फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेका थिए । त्यसक्रममा ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक पंगेनीले बताए । एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो । शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएको छ ।

फौजदारसम्ब‍न्धी मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय, सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए । बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । राजनीतिक पहुँचकै आधारमा उनीहरूमाथि कारबाही नभएको टिप्पणी हुँदै आएको थियो ।