Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार, क्वारेन्टाइन खोजिँदै

Tuesday, March 3, 2020 National Power

काठमाडौं –  कोरोना भाइरसका संक्रमितलाई उपचार गर्न पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार भएको छ । संक्रमणको आशंका गरिएकाहरुलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनको खोजी पनि भइरहेको छ । शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा शय्याको व्यवस्था गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा ३, चरक मेमोरियल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ आइसोलेसन वार्ड तयार भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

‘क्वारेन्टाइनका लागि संभावित स्थलको खोजी भइरहेको छ,’ डा। शर्माले भने, ‘साविकको लेखनाथ नगरपालिकाको भवन, एकअर्कामा गाभिएर खाली भएका विद्यालय वा कहाँ हुनसक्छ अध्ययन गरिरहेका छौं ।’ गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको डा। शर्माले जानकारी दिए ।