Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कोरोना रोकथामको कदम चाल्न सर्वोच्चको अन्तरिम आदेश

Monday, March 2, 2020 National Power

काठमाडौं –  सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न, ती देशका नागरिकलाई भिसा नदिन, चीनसँगको स्थलमार्गमा हेल्प डेस्क राख्न, विपद व्यवस्थापन ऐनअनुसार विपदको मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न, स्कुल कलेजसमेत बन्द गर्न अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए ।

तर आदेशको लिखित रुप नआइसकेकाले कुन कुन विषयमा अन्तरिम आदेश जारी भएको हो भन्ने खुलेको छैन ।