काठमाडौं – सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न, ती देशका नागरिकलाई भिसा नदिन, चीनसँगको स्थलमार्गमा हेल्प डेस्क राख्न, विपद व्यवस्थापन ऐनअनुसार विपदको मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न, स्कुल कलेजसमेत बन्द गर्न अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए ।
तर आदेशको लिखित रुप नआइसकेकाले कुन कुन विषयमा अन्तरिम आदेश जारी भएको हो भन्ने खुलेको छैन ।