Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

Monday, March 2, 2020 National Power

काठमाडौं – नेपालले विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द गर्ने भएको छ । अहिले पनि आंतकवादी गतिविधि भइरहेका करीव डेड दर्जन मुलुकका नागरिकलाई नेपालले अनअराइभल भिसा दिँदैन ।

पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सोही सिलसिलामा अतिप्रभावित मुलुकका नागरिकलाई अनअराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए ।

अध्यागमन विभाग अन्तर्गत ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिसा प्राप्त गर्न सकिने सुविधा रहेको छ । हवाई मार्गबाट आउनेहरुका लागि त्रिभुवन विमानस्थलमा आवश्यक व्यवस्था मिलाइएको छ । अनअराइभल जारी हुने सबै भिषा ‘पर्यटक भिसा’ हुन् ।

अनअराइभल भिसा रोकिएपनि ति मुलुकका नागरिक नेपाल आउनै भने रोकिएको होइन् । उनीहरुले सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट भने भिषा पाउन सक्छन् ।