Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

कोरोना भाइरस प्रकोपः संसारभर मर्नेको संख्या तीन हजार कट्यो

Monday, March 2, 2020 National Power

एजेन्सी- संसारभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या तीन हजार कटेको छ । सोमबारको तथ्यांक अनुसार विश्वका ७० भन्दा बढी देशमा भाइरसको संक्रमण देखिएको छ ।
सबैभन्दा बढी चीनमा कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । इरान, इटाली र दक्षिण कोरियामा २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिका, फ्रान्स, फिलिपिन्स, जापानलगायतका देशमा पनि कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको तथ्यांक छ । विश्वभर संक्रमितको संख्या ८८ हजार पुगेको छ । दुई महिनाअघि चीनको वुआन क्षेत्रबाट भाइरस देखिएको थियो । त्यसपछि सँसारभर शतर्कता अपनाउने र निगरानी बढाउने गरेपनि अवस्था नियन्त्रणबाहिर देखिएको छ । दक्षिण कोरियामा चीनमा भन्दा बढी मानिसहरुलाई दैनिक संक्रमण देखिनथालेको छ । इटालीमा पनि अवस्था चिन्ताजनक छ ।