Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कोरोना भाइरस प्रकोपः संसारभर मर्नेको संख्या तीन हजार कट्यो

Monday, March 2, 2020 National Power

एजेन्सी- संसारभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या तीन हजार कटेको छ । सोमबारको तथ्यांक अनुसार विश्वका ७० भन्दा बढी देशमा भाइरसको संक्रमण देखिएको छ ।
सबैभन्दा बढी चीनमा कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । इरान, इटाली र दक्षिण कोरियामा २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिका, फ्रान्स, फिलिपिन्स, जापानलगायतका देशमा पनि कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको तथ्यांक छ । विश्वभर संक्रमितको संख्या ८८ हजार पुगेको छ । दुई महिनाअघि चीनको वुआन क्षेत्रबाट भाइरस देखिएको थियो । त्यसपछि सँसारभर शतर्कता अपनाउने र निगरानी बढाउने गरेपनि अवस्था नियन्त्रणबाहिर देखिएको छ । दक्षिण कोरियामा चीनमा भन्दा बढी मानिसहरुलाई दैनिक संक्रमण देखिनथालेको छ । इटालीमा पनि अवस्था चिन्ताजनक छ ।