Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

गाली बेइज्जती मुद्दा लिएर अदालत पुगे पूर्वमन्त्री बास्कोटा

Friday, February 28, 2020 National Power

काठमाडौं –  निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् । सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई गाली बेइज्जती गरेको भन्दै उजुरी दिएका हुन् ।

अदालतमा उजुरी दर्ता भएपछि बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’
बास्कोटाले मिश्रले भेटेर नाजायज प्रस्ताव राखेको पनि स्वीकार गरेका छन् । फरक परिस्थिति र सन्दर्भमा बोलेका कुरालाई प्रविधिको दुरुपयोग गरी बदनाम गर्न प्रयोग गरेको जिकिर गरेका छन् ।