Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

ब्रेन स्ट्रोक : कसलाई, किन र कसरी हुन्छ ?

Thursday, February 27, 2020 National Power

पक्षघात अर्थात ब्रेन स्ट्रोक दिमागको कुनै भागमा रक्त सञ्चार बन्द हुनु अथवा कम हुनाको कारण हुन्छ । दिमागमा अक्सिजन तथा पोषक तत्वहरुको कमी हुनाले ब्लड भेसल्स अर्थात रक्त बाहिकाहरुका बीचमा रगत जम्नाले यसको क्रियाहरुमा बाधा पुग्छ । जसका कारण दिमागका मांशंपेशीहरु नष्ट हुन थाल्छन्, जसका कारण दिमागले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक अथवा पक्षघात भनिन्छ । यदि यसको उपचार समयमा नै भएन भने दिमाग सधैंका लागि ड्यामेज हुनसक्छ । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ ।

आज विश्वमा करीव ८० मिलियन मानिसहरु ब्रेन स्ट्रोकको समस्याले ग्रसीत छन् । ५० मिलियन भन्दा बढि मानिसहरु स्थाई रुपमा विकलाङ्ग भैसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत ब्रेन स्ट्रोकका विरामीहरुको औषत उमेर ४० वर्षको रहेको छ । यो कुरालाई ध्यान दिँदै हरेक वर्ष अक्टोबर २९ का दिन वल्र्ड स्ट्रोक पनि मनाइन्छ । जसको उद्देश्य स्ट्रोकको रोकथाम, उपचार र सहयोगप्रति मानिसहरुको जागरुकता बढाउनु हो ।

संसारभरीमा ब्रेन स्ट्रोकलाई मृत्युको तेस्रो कारण मानिन्छ । नेपालमा पनि ब्रेन स्ट्रोकका कारण धेरै मानिसहरुले आफ्नो ज्यान गुमाएका छन् । यसो हुनुको कारण यहाँ ब्रेन स्ट्रोक जस्तो मेडिकल इमर्जेन्सीको स्थितिमा यसको लक्षण, कारण, रोकथाम र तत्काल उपायप्रति जनजागरुकताको धेरै अभाव रहेको छ । ब्रेन स्ट्रोकका बिरामीहरुलाई तत्काल उपचार गराउनाले उनीहरु ठिक हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म हुन्छ ।