अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक / बनेपा “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा हुन गैरहेको प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ को पहिलो चरण काम सम्पन्न भएको काभ्रे संयोजक युवराज चौलागाईंले जानकारी दिएका छ्न ।
महोत्सव अन्तर्गतको आर्कषणको पाटो मानिएको काँठे लोक दोहोरी प्रतियोगीताको पुरस्कार सहितको घोषणा गरिएको महोत्सव कार्यक्रम संयोजक नवराज ढुंगानाले बताए ।
उनका अनुसार प्रतियोगीतमा विजेता हुनेले नगद रु ३ लाख राशि पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी द्धितियले रु २ लाख, तृतियले रु १ लाख र सान्तवना रु ५० हजार र अन्य पुरस्कार रहने छ । देश भित्र तथा बाहिर कुनै पनि ठाउँमा रहेकाले यो प्रतियोगीतामा भाग लिन पाउने छन् ।
काभ्रेपलान्चोक जिल्ला बाट कोहि पनि प्रतियोगितामा भाग लिन चाहानु हुन्छ भने काँठे लोक दोहोरीका काभ्रे संयोजक युवराज चौलागाईं तथा डिएआर मुभिजलाई सम्पर्क गर्नको लागि काभ्रे संयोजक युवराज चौलागाईंले राम्रो सन्देश डटकम लाई जानकारी दिनु भयो ।
काभ्रे बाट झाँकि सहित काभ्रेको पहिचान झल्काउने गरि उपस्तिथि हुने र कोहि काँठे लोक दोहोरीमा आफ्नो ठाउँको रहन सहन झल्कने प्रस्तुति दिन चाहेमा पनि सम्पर्क गर्न संयोजक चौलागाईंले बताउनु भयो ।
भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले आउँदो फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको डिएआर मुभिज ले जनाएको छ ।