Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सर्जकका भगवान राजुपरियार ! एक नारायण भण्डारी र कस्तुप पन्तलाई दिए रोयल्टी(भिडियो)

Tuesday, February 25, 2020 National Power

काठमाडौ – वास्तबमा नेपाली समाज नेपाली संस्कृति रङ्गीबिरङ्गी फूलहरूले भरिएको सौन्दर्यपुर्ण फुलै फुलले भरिएको फुलबारी हो । रङ्गै रङ्गको सुन्दर सृष्टि इन्द्राणी हो। त्यसै गरी विविध जातिजाती,भेषभुषा,र परम्परा,बहुभाषि, बहु सांस्कृतिक, बहु धार्मिक बहु भौगोगिक विशेषता उपज नेपाली संस्कृति हो । इन्द्राणीका हरेक रङ्गका अलगै परिचय र विशेषता हुन्छ तर पनि तिनिहरूको समन्वित एकता ती सबैलाई सजाउने नयाँ सिर्जना बनेको हुन्छ । नेपाली संस्कृतिमा देखिएको विविधता समस्याको रुप नभइ एकताको रुप सौन्दर्यको आधार हो नेपाली गितसंगित ।

लोकगीत अथवा लोक सङ्गीत लोक संस्कृति कै प्रमुख अङ्ग हो । त्यसैले लोकगीत भनेको अन्तर आत्माबाट जन्मिने कुरा हो । लोक सङ्गीत अथवा लोकगीत जनसमूदायको गीत हो । यो एकपछि अर्कोमा मौखिक रुपमा हस्तान्तरिक हुने गर्दछ । पछिल्लो समय नेपाली गितसंगितले फट्को मारेको छ । नेपाली गितसंगितमा पुराना पुस्तासंगस्ंगै नयाँ आयमहरु पनि उत्तिकै थपिएका छन । हरेक गितसंगित बिगत,वर्तमान र भबिष्यामा पोखिएका भावहरु टपक्क टिपेर गितसंगित सृजना गर्ने मान्छे पनि कलाकार हो । गितसंगितमा हेर्दा एक कलाकारको सायताले अर्को कलाकार चर्चासंगै लोकप्रीय बन्दै गएका छन ।

सृजना आफैमा ठुलो कुरा हो । कला बिनाको मान्छे सायद कमै भेटिन्छन । कति लुकेका प्रतिभा छन भने कति प्रतिभा बाहिर आएका छन । पछिल्लो समय नेपाली गितसंगितमा आफ्ना सृजनासँगै अरुको सृजनामा गित गाएर पनि कतिपय कलाकारले चर्चा कमाएका छन । कलाकारहरुलाई विभिन्न स्टेज सो,एकल साँझ,लोक गित प्रतियोगिताले पनि कलाकारलाई झन टेवा पुगेको छ । यति फराकिलो रुप लिदै गरेको बेला कलाकारहरु बिच पनि वितृष्णा फैलिएको छ । कतिपय कलाकारले अर्काको सृजनामा गित गाईरहेका हुन्छन तर सो गितका सर्जक संगितकारको नाम निसाना समेत भेटिन्न । जसका कारण झन अध्यारो तिर लम्किने छ नेपाली गितसंगित । हरेक कलाकारको सृजनाको कलाको सम्मान गरौं भने जसका कारण नेपाली गितसंगित अम्मर रहने छ ।

नेपाली गितसंगितमा अग्रज स्रस्टा कलाकारले नयाँ कलाकारलाई नचिन्ने । नयाँ कलाकारले अग्रज कलाकारलाई सम्मान नगर्ने भावनाको रोग फैलेको बेला लोकप्रिय गायक राजु परियारले यसको अन्त्य गर्नु पर्छ भन्ने विषयमा सिरोधर गरेका छन । हरेक सृजनाको सम्मान हुनुपर्छ हरेक स्रस्टा,सर्जक,म्युजिसियन लगायत कलाकारको मुल्य राख्नु पर्दछ । हरेक गितसंगितमा हरेक कलाकार वा सो गितसँग सम्बन्धित कलाकारको नाम कहलिन जरुरी देखिन्छ ।

हरेक कलाकारलाई स्थान दिनु पर्छ पाउनु पर्छ भन्ने नियतले नेपाली गितसंगित क्षेत्रका नक्षत्र सर्जक एक नारायण भण्डारी र कस्तु पन्तलाई गितसंगितको लगाव ,उनीहरुको माया र प्रेरणाको सात्क्षार गर्दै सम्मान स्वरुप गायक राजु परियारले आफुले पाएको रकमको पाँच प्रतिशत दिने घोषणा सहित अर्का लोकप्रिय सर्जक प्रलाद सुबेदिको हातमा आज जनही दुई रदुई हजारको दरले रकम हस्तान्तरण गर्नु भएको छ । गायक परियारले हरेक कुराको सुरुवात आफुबाट गर्नु पर्छ भन्नुभएको छ । जसका कारण नेपाली गितसंगितका साथै नेपाली गितसंगितका हरेक मान्छेले न्याय पाउने कुरा व्यक्त गर्नु भएको छ । यो सोच हरेक कलाकारले मनन गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिएको छ बताउनु भएको छ ।

बिहान बबरमहलस्थित चिया गफ र रेकर्डिङको क्रममा भेट भएको बेलामा यसै बिषयमा सर्जक प्रलाद सुवेदी भन्नुहुन्छ –” हरेक कामको शुरूवात आफुबाट गर्नु पर्छ । आफ्नो स्वईच्छाका साथले गरेको कामले पुर्ण रुपमा सफलता पाईन्छ । यो कदम हामिले चाल्न जरुरी बिषय हो । यो एक हरेक कलाकारको लागि सकारात्मक पहल हो । जसलाई निरन्तरता दिन तपाई हामिको ठूलो देन रहने छ । यो राजु परियारको पहलले हरेक सर्जक,कलाकारमा उत्साह,हौसला र उत्प्रेरणाको काम गरेको छ । यो अवसरको लागि आदरणीय दाई प्रति म हार्दिक आभार प्रकट गर्दछु । “ सर्जक प्रलाद सुबेदिले सो रकम हस्तान्तरण गरि सके पछि सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
लोकपृय गायक आदरणीय राजु परियार दाइ सङ्ग आज बिहान ढ बजे पृज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलस्थित (मा भेट भयो) रेकर्डिङ को क्रममा दुख,सुख सङ्गै गित सङ्गीत का बहुआयामिक पक्षका बारेमा कुराकानी भयो।सर्जक बाचे सृजना जन्मिन्छ अनि मात्र सङ्गीत क्षेत्र समृद्ध बन्छ भन्ने मुल अभिप्राय का साथ राजु दाइ ले अब उप्रान्त आफुले स्टेज मा गाउने हरेक गित का श्रस्टा२सर्जक लाइ स्टेज मा आफुले प्राप्त गरेको पारिश्रमिक को छ प्रतिशत रकम सम्बन्धित गित का सर्जक (गितकार,सङ्गीतकार)लाइ उपलब्ध गराउने अठोट गर्नुभयको छ यस सकारात्मक कदम को शुरूवात स्वरुप गित सङ्गित क्षेत्र मा लामोसमय देखी कृयाशिल दुइ लोकप्रिय सर्जक आदरणीय एक नारायण भण्डारी र कस्तुप पन्त दाइ लाइ नगद रुपैया दुइ हजार (रोयल्टी स्वरुप) प्रती ब्यक्ती म मार्फत पठाउनुभयको छ । सन्सार बदल्नु छ प्रवृत्ति बदल्नु छ (शुरूवात आफैबाट गरौ । राजु परियार दाइ को सकारात्मक पहल लाइ स्वागत एबम प्रबर्द्धन गरौ।