Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

फूलैफूलले सजिएको पशुपतिनाथ

Saturday, February 22, 2020 National Power

काठमाडौं –  महाशिवरात्रीको दिन पशुपतिनाथ भन्नासाथ धेरैको मानपटलमा दर्शनार्थीको भीड र गाँजा तानेर धुँवा उडाइरहेका नागा बाबाहरुको दृश्य आउँछ । तर यो पटक पशुपतिको दृश्य फरक छ । फूलैफूलले सजिएको पशुपति लोभलाग्दो देखिएको छ ।

पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलको बनाइएको छ, जसमा आकर्षक ढंगले ओमनम शिवाय देखिएको छ । शिवलिंगदेखि शिवको बहान साँढे समेत फूलैफूलले बनाइएको छ । मन्दिरको मूल गेटसमेत फूलले सजाइएको छ । आकर्षक तरिकाले सजाइएको फूललाई पृष्ठभूमिमा पारेर तस्वीर तथा सेल्फी खिच्नेहरुको भीड नै लागेको छ । पशुपति क्षेत्रलाई सजाइएका फूलहरु थाइल्याण्ड, अस्टेलिया तथा भारतको मुम्बईबाट ल्याइएको हो । र, यसमा झण्डै २ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

शिवरात्रीकै लागि भनेर भारतीय दर्शनार्थीहरुले आफ्नै खर्चमा फूल ल्याएर सजाइदिएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए । उनले भने, ‘यसबर्ष मन्दिर सजावटका लागि आएको २ करोडको फूल भारतबाट डोनेसनमा आएको हो । कोषले फूलका लागि एक रुपैयाँ पनि खर्च गरेको छैन ।’