Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ग्रेसल्याण्डको अभिभावक दिवस सम्पन्न

Tuesday, February 18, 2020 National Power

साँगा – बनेपा नगरपालिका वडा नं १३ मा अवस्थित ग्रेसल्याण्ड आवासिय माविले विविध कार्यक्रमकासाथ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले समाज परिवर्तनका लागि आवश्यक शिक्षाको क्षेत्रमा निजी क्षेत्रका विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । श्रेष्ठले निजी विद्यालयहरुले देश कै शैक्षिक क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेको बताउनुहँदै ग्रेसल्याण्डले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले विद्यालयका गतिविधिका साथै प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा विद्यालयद्वारा प्रकाशित स्मारिका ‘ग्रेसल्याण्ड मिरर’ को विमोचन समेत गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं १४ का वडाध्यक्ष गौरी राउत, वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापित, वडा नं १४ का वडासदस्य शान्ता कार्की, वडा सदस्य हरिप्रसाद तिमल्सिना, वडा सदस्य मैया विक, प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष महेन्द्र थिङ, उपाध्यक्ष्ँ भरत केसी, कोषाध्यक्ष वसन्तराज नेपाल, सदस्य दिपेन्द्र विष्ट, अर्जुन थापा मगर, वडा नं १४ का वडा सचिव सत्यजित भैल लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयका जेष्ठ संचालक सदस्य केशवलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्र प्रस्तुत गरेका थिए । विद्यार्थीहरुद्वारा प्रस्तुत विविध नृत्य, नाटक, गीतले उपस्थित सम्पूर्णलाई मनोरञ्जन प्रदान गरेका थिए ।