Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

चियाबारीको कथा सुनाउँदै गायिका अनुपमा प्रधान

Monday, February 17, 2020 National Power

काठमाण्डौ – नेपाली सांगीतिक क्षेत्रमा गुन्जिरहेको नाम हो अनुपमा प्रधान । सुमधुर स्वरकी धनी अनुपमा विषेश सुगम संगीतको क्षेत्रमा सक्रिय रहेकी छिन् । हावा घरैमा, मैले बुझ्न सकेको भए, मैले जिउन छाडी सकेको, मनको साथी, जिवनमा यस्तो लगायत दर्जनौ गीतहरुमा आफ्नो जादुमय स्वर पस्किएकी अनुपमाले पछिल्लो समयमा आफ्नो नयाँ गीत चियाबारीमा लिएर आएकी छिन् ।


गीतकार डा. पुष्कर पराजुलीको शब्द संगीतमा तैयार भएको गीत चियावारी गीतमा कुमार थापाको संगीत संयोजन र मिन विष्टको ध्वनी मिश्रण रहेको छ ।
चियावारीमा काम गर्ने मजदुर जसले हरेक दिन चिया संगै आफ्नो उज्ज्वल जिवनको सपना देखेको हुन्छ । यसैको सेरोफेरोमा डा. पुष्कर पराजुलीले आफ्नो शब्द जाललाई बुनेका छन् । पराजुलीको शब्द र संगीतमा तयार भएको गितलाई अनुपमाको स्वरले जिवन्तता दिएको छ ।


बुढासुब्बा डिजिटल मार्फत आमदर्शक माझ प्रस्तुत भएको यस गीतको भावलाई जिवन्तता दिन यसका कथा, परिकल्पना र निर्देशकको कमाण्ड सम्हालेका पल्लविब ले भिडियो उत्कृष्ट बनाउन हर संभव प्रयास गरेको देखिन्छ भने उपमा प्रधान र वानीश्री लोहागनको अभिनय पनि तारिफ योग्य रहेको छ ।