बेइजिङ — चीनले कोरोना भाइरसको नयाँ संक्रमित संख्या घटेको बताएको छ । लगातार तीन दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको उसले जनाएको हो । रोग नियन्त्रणबारे सरकारले चालेका ठोस प्रयासले काम गर्न थालेको उनीहरूको दाबी छ । ‘कोरोना भाइरस संक्रमण फैलन नदिन चीनले चालेका कदमले बिस्तारै प्रभाव देखाउन थालेको छ,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
आइतबार चीनमा १०५ जनाको मृत्यु भएको छ। स्वास्थ्य आयोगका अनुसार कारोनाका कारण शनिबार चीनमा १४२ जनाको मृत्यु भएको थियो भने थप दुई हजार नौमा संक्रमण पाइएको थियो । अघिल्लो दिन शुक्रबार १४३ जनाको मृत्यु भएको थियो र दुई हजार ६४१ नयाँ संक्रमित पुष्टि भएका थिए ।
हालसम्म कोरोना भाइरस संक्रमणबाट चीनभर ७१ हजार ३२६ संक्रमित भएका छन् भने मृतकको संख्या १ हजार ७७५ पुगेको छ । चीनमा मात्रै एक हजार ७ सय ७० जनाको मृत्यु भएको छ ।चीनबाहिर करिब ३० देशमा लगभग पाँच सय संक्रमित पाइएका छन् । कोरोना संक्रमितमध्ये १० हजार ६१० जना निको भइसकेका छन् ।
कहाँ कति संक्रमित?
चीन-१,७७०मृत्यु,७०,५४८संक्रमित हङकङ- १ मृत्यु, ५७ संक्रमित जापान- १ मृत्यु, ४१२संक्रमित फिलिपिन्स-१ मृत्यु, ३ संक्रमित फ्रान्स-१ मृत्यु, १२ संक्रमित
संक्रमित मात्रै : मकाउ- १० सिंगापुर-७५थाइल्यान्ड-३४ दक्षिण कोरिया- २९मलेसिया- २२ताइवान- १८ भियतनाम-१६ ,जर्मनी- १६, अमेरिका-१५, अस्ट्रेलिया- १५, बेलायत- ९ यूएई-८, क्यानडा- ८ भारत- ३ इटाली- ३, रुस- २, स्पेन- २ बेल्जियम- १ नेपाल- १ श्रीलंका- १ स्वीडेन- १ कम्बोडिया- १ फिनल्यान्ड- १ इजिप्ट- १