Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

वुहानबाट नेपाली ल्याएको विमान २ दिन नउड्ने

Sunday, February 16, 2020 National Power

काठमाडौं –  आइतबार बिहान चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान ४८ घण्टा नउड्ने भएको छ । त्रिभुवन विमानस्थलमा विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । र, ४८ घण्टापछि मात्रै नियमित उडानमा जान अनुमति दिइनेछ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का विश्व स्वास्थ्य संगठको मापदण्डअनुरुप नै विमानलाई ४८ घण्टा निलम्बनमा राखिएको बताउँछिन् । उनअनुसार यो अवधिमा विमानलाई मेडिकल्ली गर्नुपर्ने ट्रिटमेन्टका कामहरु गरिनेछ । खड्काकाअनुसार एउटा वाइडबडीको नियमित उडान रोकिए पनि कुनै पनि पनि फ्लाइट रद्द नगरिएको खड्काले बताइन् । ‘निर्धारित समयभन्दा ढिला हुने गरी फ्लाइट सारेका छौं,’ उनले भनिन् । नेपाल एयरलाइन्सको वाइडबडीले मुख्य रुपमा भारतको दिल्ली, कतारको दोहा, जापान र दुबईमा उडान भरिरहेको छ ।