Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

कोरोना भाइरसका बारेमा चीनले केही कुरा लुकाइरहेको छ ?

Saturday, February 15, 2020 National Power

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म एक हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ भने यो भाइरसबाट ४२ हजारभन्दा बढी मानिसहरु संक्रमित भैसकेका छन् । कोरोना भाइरसको रोकथामका लागि चीन सरकारले विभिन्न कदमहरु चालिरहेको छ, तर पारदर्शिता नहुँदा त्यसको भूमिकाप्रति नै विभिन्न प्रश्न चिन्हहरु उत्पन्न हुन थालेका छन् । अमेरिकी सांसद टम कटनले कोरोना भाइरस फैलनका लागि चीनको कम्युनिस्ट पार्टीलाई जिम्मवार ठहर्‍याएका छन् । अमेरिकी सांसदले भनेका छन्-‘यो भाइरस मानव निर्मित जैविक हतियार नै हुनसक्छ । जुन सम्भवतः वुहान इन्स्टिच्युट अफ भाइरलोजीबाट लीक भएको हो ।’ टम कटनले चिनियाँ प्रशासनलाई आफ्ना दावीलाई गलत प्रमाणित गर्नका लागि चुनौती पनि दिएका छन् ।

कोरोना भाइरसको उत्पत्ति भएको पहिलो दिनदेखि लिएर संक्रमण फैलनुसम्म चीनको भुमिका कतै न कतै शंकास्पद रहेको छ । चीनले शुरुवातमा कोरोना भाइरस चीनको वुहान शहरको माछा बजारबाट फैलिएको दावी गरेको थियो । तर, सम्पूर्ण बयानहरुले यो दाबीलाई नकारेको पाइन्छ । चिनियाँ अधिकारीहरु पनि अहिलेसम्म आफुहरु पनि भाइसरको उत्पत्तिप्रति आश्वस्त छैनन्, जसका कारण अमेरिकी सांसद कटन समेत विभिन्न वैज्ञानिकहरुले त्यस्तो शंका गरेका हुन । केही समय अगाडि चीनको जीन एडिटिङप्रति प्रश्न उठेको थियो ।

चीनले यो भाइरसबाट मृत्यु हुनेको तथ्यांक पनि लुकाएको मानिसहरुले शंका गरेका छन् । द इपोच टाइम्सका अनुसार चीनको वुहानमा यति धेरै लासहरु आइरहेका छन्, जसलाई व्यवस्थित गर्नका लागि शव दाह गृहहरुमा मजदुरहरु दिनरात काम गरिरहेका छन् । यस बाहेक सामाजिक सञ्जालहरुमा पनि धेरै त्यस्ता भिडियोहरु भाइरल भएका छन्, जसबाट कोरोना भाइरसबाट उत्पत्ति भएको स्थिति चीनको नियन्त्रणबाट बाहिर हुँदै गएको थाहा हुन्छ । धेरै अधिकारीहरुले सार्वजनिक स्थलहरुमा ठुलो संख्यामा स्प्रे गरिरहेका छन् भने संक्रमणको शंकामा सम्पूर्ण मानिसहरुलाई एउटा भिन्दै क्याम्पमा पठाइरहेका छन् । यी क्याम्पहरुमा मानिसहरुलाई आवश्यक पर्ने मेडिकल सुविधाहरु पर्याप्त मात्रामा पनि दिइएको छैन ।

एउटा भाइरल भएको भिडियोमा चिनियाँ स्वास्थ्य अधिकारीले संक्रमण फैलने डरले एउटा महिला र उनका पार्टनरलाई एउटा डब्बामा जबर्जस्ती बन्द गर्दै गरेको देखिन्छ भने अर्को भिडियोमा केही अधिकारीहरुले अपार्टमेन्टबाट मानिसहरुलाई जबरजस्ति घिर्सादै लगिएको देखिन्छ । अमेरिकी सांसद टम कटनलाई यी कारणहरुले गर्दा पनि चीनको मनशायमा शंका भएको हो । अमेरिका सैन्य नेताहरुका अगाडि उनले दिएको भाषणमा उनले वुहानको प्रयोगशालालाई सुपर ल्याबोरेटरी भनेका छन् । उनका अनुसार यो भाइरस त्यही ल्याबमा जैविक हतियार बनाउनका लागि भैरहेको कुनै प्रयोगको भाग हो ।

अमेरिकी सांसदले यस बिषयमा बोल्दै भने-‘शुरुवाती ४० केशहरुमध्ये १४ जनाको सीफूडसंग कुनै किसिमको सम्बन्ध नै थिएन । म यो भन्न चाहन्छु, वुहान चीनको एक्लो जैवसुरक्षाको लेन्स लेभर-४ को सुपर ल्याब हो, जहाँ विश्वका खतरनाक भाइरसहरुमाथि पनि काम हुन्छ र यसमा कोरोना भाइरस पनि समावेश हुन सक्छ ।’ ‘चीनमा ६ करोड मानिसहरुलाई भिन्दा-भिन्दै गरी बन्दी बनाइ राखिएको छ । यो जनसंख्या हाम्रो वेस्ट कोस्टको जनसंख्या भन्दा पनि बढि छ । उनीहरुले स्कूल बन्द गरिदिएका छन् । हङकङंले मुख्य भूमि चीनका लागि यात्रामा प्रतिबन्ध लगाइदिएको छ । अब हामीले पनि चीन र अमेरिकाबीचको सबै कर्मशियल फ्लाइटहरुलाई बन्द गरिदिनु पर्छ’ सांसद कटनले आफ्नो ट्वीटमा लेखेका छन् ।

अमेरिकी सांसदका अनुसार डा.लीले आफ्नो देश र संसारलाई कोरोना भाइरसबाट बचाउने कोशिश गरेका थिए तर चीनको कम्युनिस्ट पार्टीले उनलाई चुप गराइदिए । अब उनको हात डाक्टरको रगतले रंगिएको छ । ‘हामी चीनको कम्युनिस्ट पार्टीमा पारदर्शिता दर्शाउनेप्रति दबाव दिन आवश्यक छ । यो खतरनाक रोगको बारेमा सबैभन्दा पहिलो आग्रह गर्ने डाक्टरलाई साँचो श्रद्धाञ्जलि दिन सकियोस्, सांसदको भनाइ छ । यदि कोरोना भाइरस वुहानको ल्याबबाट लीक भएको हो भने यो पहिलो केश होइन । यो भन्दा पहिला पनि चीनको ल्याबबाट धेरै खतरनाक भाइरस फैलिसकेका छन् । सन् २००४ मा बेइजिङ इन्स्टिच्युट अफ भायरलजीबाट सार्स लीक भएको थियो, जुन सर्वेक्षणकर्ताहरुले बीरामीमा प्रयोग गरिरहेका थिए । त्यस क्रममा ल्याबका दुई टेक्निसियन संक्रमित भएका थिए र पछि उनीहरुबाटै अरुहरुमा पनि सार्स फैलियो ।

चिनियाँ अधिकारीको खण्डन

त्यसो त चिनियाँ अधिकारीहरुले अमेरिकी सांसदको दावीलाई पुरै तरिकाले खण्डन गरेका छन् । अमेरिकामा चिनियाँ राजदूत कुई टियानकईले टम कटनको सुझावलाई ‘क्रेजी’ भनेका छन् । त्यसो त उनले के कुरा स्विकारे भने उनको सरकारलाई भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने कुराको जानकारी नै छैन । कोरोना भाइरसको संक्रमण केन्द्र भनिएको हुनान सीफूड मार्केटभन्दा थोरै दुरीमा नै वुहान इन्टिच्यूट अफ वायरलोजी नेशनल बायोसेफी ल्याब रहेको छ, जसले इबोला, निपाह तथा अन्य घातक भाइरसहरुमाथि रिसर्च गर्छ । वुहान नेशनल बायोसेफ्टी ल्याबोरेटरी हुनान सीफूड मार्केबाट केवल ३२ किलोमिटरको दुरीमा छ र उक्त ल्याब लेभल-४ सर्टिफाइड पनि हो ।

यसअघि अनलाइन पोर्टनल ग्रेटगेमइन्डियाको परिक्ष्ँणमा पनि भाइरसको उत्पत्ति क्यानडा तथा चिनियाँ बायोलोजिकल वारफेयर प्रँेग्रामका दुई एजेन्टलाई जोडेर हेरिएको थियो । त्यसो त, अहिलसम्म कोरोना भाइरसको उत्पत्ति चीनको नै कुनै गलत प्रयोगको नतीजाका कारण भएको हो भन्ने कुराको कुनै प्रमाण छैन । मार्च २०१९ मा क्यानडाको एनएमएल ल्याबको भाइरसले भरिएको रहस्यमयी जहाज चीनमा देखिएको थियो । उक्त घटनापछि बायोफेयर विशेषज्ञहरुले क्यानडाले चीनलाई उक्त खतरनाक भाइरस किन पठाइरहेको छ भन्ने सवाल उठाएका थिए । एनएमएल ल्याबका वैज्ञानिकहरुले भनेका थिए-‘यो घातक भाइरस निकै नै शक्तिशाली जैविक हतियार हुनसक्ने छ ।’

परिक्ष्ँणबाट के पत्ता लागेको थियो भने उक्त घटना एनएमएल ल्याबमा काम गरिरहेका चिनियाँ एजेन्टहरुसंग सम्बन्धित थियो । चार महिनापछि नै जुलाई २०१९ मा क्यानडाको नेशनल माइक्रोबायोलोजी ल्याबले जबर्जस्ती चीनको वायरलोजिस्टको एक समूहलाई पनि निकालिदिएको थियो । स्मरणीय कुरा के छ भने एनएमएल ल्याब क्यानडाको एक मात्र लेभल-४ ल्याब हो । यो उत्तर अमेरिकामा विश्वकै खतरनाक रोगहरु इबोला, सार्स, कोरोना भाइरसल आदिमाथि रिसर्च गर्नका लागि छनोट गरिएको प्रमुख प्रयोगशालाहरु मध्येको एक हो । जर्जटाउन यूनिभर्सिटिका न्यूरो प्रोफेसर तथा अमेरिकाको स्पशेल अपरेशन कमाण्डका बायोवारफेयरका सिनियर फेलो जेम्स गियारडानो भन्छन्-‘चीनमा बायोसाइन्समा बढ्दो लगानी तथा जीन एडिटिङको प्रसंगमा नैतिक मूल्य(मान्यताहरुको उलंंघनले के कुराको शंका बढाउँछ भने चीन आफ्नो प्रयोशशालाहरुलाई नै हतियार बनाइरहेको छ । यसबाहेक चीनले के पनि कोशिस गरिरहेको छ भने उसले त्यस्तो उपचार अथवा भ्याक्सिन निर्माण गरोस्, जुन विश्वभरीमा केवल चीनसंग मात्र होस् ।’