Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नेपाल व्यवस्थापन संघको प्रबन्ध समिती निर्वाचन सम्पन्न

Thursday, February 13, 2020 National Power

काठमाडौ – नेपाल व्यवस्थापन संघको १९औ प्रबन्ध समितीको निवार्चन प्रकृया सम्पन्न भएको छ। प्रबन्ध समितीमा अध्यक्ष किरण कुमार श्रेष्ठ भएका छन्, उनी नेपाल बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत हुन्। बरिष्ठ उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि बमबहादुर मिश्र र दोस्रो उपाध्यक्षमा आईएमई समुहका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, महासचिवमा कृषि विकास बैंकका अधिकृत धर्मान्द अवस्थी र कोषाध्यक्षमा ईसिमोडकी अनु जोशी निर्वा्चित भएका छन्।

कार्यसमितिका अन्य सदस्यहरुमा फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी मनिष झा, सिए सुजन आचार्य, बैंकर हिमा अधिकारी, सनराईज बैंकका उप प्रमुख कार्यकारी अधिकृत आशा राणा, प्राध्यापक ईन्द्र श्रेष्ठ, ग्रोथ सेलरका प्रमुख मोहन ओझा, गणेशमान सिंह अस्पतालका प्रमुख मिलन गुरुङका साथमा राष्ट्रिय बाणिज्य बैक, नागरिक लगानी कोष, संचय कोष, सिभम सिमेन्ट, राष्ट्रिय बिमा संस्थानका प्रतिनिधित्वहरू निर्वा्चित भएका छन।

बि स २०३७ मा स्थापना भएको यस संघले नेपाल सरकार संग बिभिन्न ब्यबस्थापन र बजेट लगायत शिक्षा क्षेत्रमा काम गर्नुको साथै शिप बिकास सम्बन्धि कार्य गर्दै आएको छ । संस्थागततर्फ नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी सञ्चय कोषका तुलसीराम गौतम, कर्मचारी सञ्चय कोषका रमण नेपाल, राष्ट्रिय बिमा संस्थानका कवि पाठक र शिवम् सिमेन्टका प्रतिनीधि निर्वा्चित भएका छन्।