Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशन सम्पन्न

Wednesday, February 12, 2020 National Power

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्नुका साथै दुई जना सदस्य मनोनीत गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी, सहसचिवमा सागर ढुंगाना रहेका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा तुलमान गुरुङ, हेमराज रिमाल, गीता गुरुङ र बिबेक पोख्रेल निर्वाचित हुनुका साथै सुदन पौडेल र सरु चापागाईंलाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले अध्यक्ष रवि अधिकारी र सुशील पन्तलाई केन्द्रीय प्रतिनिधिको रुपमा छनौट समेत गरेको छ ।

जिल्ला अधिवेशनका लागि आएका केन्द्रीय प्रतिनिधि चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष ९संगठन० दिनेश सिटौलाले चलचित्र पत्रकारितालाई मर्यादित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । चलचित्र पत्रकारितामा विकृति भित्रिएको उल्लेख गर्दै सिटौलाले पेशाबाट त्यस्ता विकृति हटाउनका लागि सबै एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।

बुधबार गठित नयाँ कार्यसमितिले चाँडै नै चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम ल्याउने अध्यक्ष रवि अधिकारीले बताए । पेशालाई व्यवसायिक र मर्यादित बनाउनका लागि चलचित्र पत्रकारहरुको लागि कार्यशाला तथा विभिन्न गोष्ठीहरुको आयोजना गरिने अधिकारीले बताए । संघले गर्ने कामको बारेमा आगामी बैठकबाट निर्णय गरेर अगाडि बढिने अधिकारीको भनाइ छ ।