Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशन सम्पन्न

Wednesday, February 12, 2020 National Power

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्नुका साथै दुई जना सदस्य मनोनीत गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी, सहसचिवमा सागर ढुंगाना रहेका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा तुलमान गुरुङ, हेमराज रिमाल, गीता गुरुङ र बिबेक पोख्रेल निर्वाचित हुनुका साथै सुदन पौडेल र सरु चापागाईंलाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले अध्यक्ष रवि अधिकारी र सुशील पन्तलाई केन्द्रीय प्रतिनिधिको रुपमा छनौट समेत गरेको छ ।

जिल्ला अधिवेशनका लागि आएका केन्द्रीय प्रतिनिधि चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष ९संगठन० दिनेश सिटौलाले चलचित्र पत्रकारितालाई मर्यादित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । चलचित्र पत्रकारितामा विकृति भित्रिएको उल्लेख गर्दै सिटौलाले पेशाबाट त्यस्ता विकृति हटाउनका लागि सबै एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।

बुधबार गठित नयाँ कार्यसमितिले चाँडै नै चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम ल्याउने अध्यक्ष रवि अधिकारीले बताए । पेशालाई व्यवसायिक र मर्यादित बनाउनका लागि चलचित्र पत्रकारहरुको लागि कार्यशाला तथा विभिन्न गोष्ठीहरुको आयोजना गरिने अधिकारीले बताए । संघले गर्ने कामको बारेमा आगामी बैठकबाट निर्णय गरेर अगाडि बढिने अधिकारीको भनाइ छ ।