Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नोवल कोरोना भाइरस : चीनमा एकैदिन १०८ जनाको मृत्यु

Tuesday, February 11, 2020 National Power

बेइजिङ — नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो । चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो। आइतबार मात्रै ९७ जनाको मृत्यु भएको थियो। सोमबार मृत्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए।कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन्। यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो।

आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए । योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एकरएक जनाको मृत्यु भएको छ । यसैबीच, चिनियाँ स्वास्थ्य अनुसन्धानकर्ताले कोरोना भाइरसको इन्क्युबेसन अवधि १४ बाट २४ दिन पुर्‍याउनुपर्ने हुन सक्ने बताएका छन् ।

थपिएको बिदा सकिएसँगै सोमबारबाट चिनियाँ नागरिक काममा फर्किएका छन् । नोवल कोराना भाइरस संक्रमणबाट बच्न भन्दै सरकारले लुनार नयाँ वर्षको बिदा थपेको थियो । सरकारले लगाएको प्रतिबन्ध खुकुलो गरेसँगै सर्वसाधारण सामान्य जीवनमा फर्किएका हुन् । नयाँ वर्षको बिदामा १० दिन थप गरिएको थियो । बिदा जनवरीको अन्त्यमा सकिनुपर्थ्यो । सोमबारबाट कार्यालय खुले पनि अझै अधिकांश बन्दै रहेको र धेरैले घरबाटै काम गरिरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । काममा हिँडेका पनि अनुहारमा मास्क लगाएका देखिन्थे ।

कहाँ कति संक्रमित?
चीन – १०१६ मृत्यु४२,६३८ संक्रमित
हङकङ – १ मृत्यु४२ संक्रमित
फिलिपिन्स – १ मृत्यु३ संक्रमित
संक्रमित मात्रै
जापान – १६१
सिंगापुर – ४५
थाइल्याण्ड – ३२
दक्षिण कोरिया – २८
ताइवान – १८
अस्ट्रेलिया – १५
मलेसिया – १८
जर्मनी – १४
भियतनाम – १४
अमेरिका – १३
मकाओ – १०
क्यानडा – 
फ्रान्स – ११
यूएई – 
इटाली – 
भारत – 
बेलायत – 
रुस – 
श्रीलंका – 
कम्बोडिया – 
फिनल्याण्ड – 
नेपाल – 
स्विडेन – 
स्पेन – 
बेल्जियम –