Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

चलचित्र पत्रकार सङ्घ मकवानपुरको अध्यक्षमा पुनः मणिराज

Monday, February 10, 2020 National Power

हेटौडा- चलचित्र पत्रकार सङ्घ नेपालको मकवानपुर शाखाको अध्यक्षमा पुनः मणिराज गौतम निर्वाचित भएका छन् । सङ्घको आईतबार सम्पन्न चौथो अधिबेशनले मणिराजलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन, सहसचिवमा रवीन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा अमृता पराजुली, दर्शन क्षेत्री, दीपक सिंह रुम्बा, सन्नु रिजाल निर्वाचित भएका छन् ।

बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताए । कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइले मोफसलमा चलचित्र क्षेत्रको बिस्तारमा सञ्चारकर्मीहरुको ठूलो भुमिका रहेको बताए ।

त्यस्तै चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले मोफसलमा चलचित्रको बिस्तारमा बिकाश बोर्डले भुमिका खेल्न बिभिन्न कार्यक्रमहरु ल्याएउन लागेको बताए । उनले स्तरिय चलचित्र बनाउन पनि चलचित्रकर्मीहरुमा आग्रह गरे ।

कार्यक्रममा ब्रोकाष्टिङ एशोसिएसनका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासङ्घका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं,चलचित्र सङ्घका द्वतिय उपाध्यक्ष कुबेर शर्मा, चलचित्र पत्रकार सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, चलचित्र पत्रकार सङ्घका केन्द्रीय महासचिब अनिल यादब, सचिब समिर बलामी, बैकुन्ठ पराजुली सहकोषाध्यक्ष जीबन पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशव भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय केशव भट्टराई परिबार सहयोग समितिका संयोजक एबम् बिकाश बोर्डका पूर्ब अध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले स्वर्गिय केशव भट्टराईले यो क्षेत्रमा दिनुभएको योगदान सदैब अमुल्य रहको बताए ।