Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

प्रतिष्ठानद्धारा समको सम्झना

Saturday, February 8, 2020 National Power

 

 

 

 

 

 

नाटककार बालकृष्ण समको ११८ औं जन्मजयन्ती कला क्षेत्रमा उनको योगदानको सम्झना गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मनाएको छ । शुक्रबार राजधानीमा एक औपचारिक समारोहको आयोजना गर्दै उनको सम्झना गरिएको हो । कार्यक्रममा समको वायोग्राफी देखाइएको थियो ।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ९रायन०ले बहुमुखि प्रतिभाका धनी समलाई सम्झीनु रंगकर्मी र राज्यकै दायित्व रहेको बताए । सदस्य सचिव श्याम तमोटले समको अनुकरणीय व्यक्तित्वलाई थप प्रकाशमा ल्याउन जरुरी रहेकोले यस खाले कार्यक्रम गरिएको धारणा राखे ।

कार्यक्रममा प्राध्यापक सावित्रा मल्लले समको शिल्पकलाबारे प्रकाश पारिन् । ‘रंगकर्मी बालकृष्ण सम र उनको शिल्पकला’ विषयमा विद्यावारिधी गरेका उनले सम नाटककार मात्रै नभई रंगकर्मी पनि भएको निश्कर्ष आफ्नो रहेको बताईन् । समको नाटक र चित्रहरुमा जीवन्तता झल्कीने उनको दावी छ । उनको अध्ययनमा नेपालमा समले लेखेको ‘मुकुन्द इन्दिरा’ पहिलो नेपाली मौलिक नाटक हो्,जुन नाटक सम आफैंले निर्देशन गरेका थिए ।

नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले सम आफैं उत्कृष्ठ नाट्य कलाकार रहेको बताए । उनले भने –‘समले बोलेका संवादहरुमा भित्री आत्मा बोलेको आभास हुन्थ्यो,जो कोही कलाकारको क्षमता त्यस्तो हुदैन, उनको सिर्जनशीलताको उचाईलाई सबैले सम्झिन,मनन गर्न आवश्यक छ ।’ समको पहिलो नाटक ‘तानसेनको झरी’ भएपनि प्रथम प्रकाशित नाटकचाँही ‘मुटुको व्यथा’ रहेको जनाकारी दिदै उनले हरेक नाटक शक्तीशाली रहेको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले समको चित्रकला र जीवन व्यक्तित्वबारे थप प्रकाश पारे । अद्भुत क्षमता भएका समको चित्रकला विश्वविख्यात चित्रकारको भन्दा कमको नरहेको उनको तर्क छ ।
‘उनले पोट्रेट चित्रमा विशेष पहिचान बनाए,जुन सजिलो हैन । दुरदर्शी र सिर्जनशीलताका कारण उनका चित्रमा हामीले नदेखेका पात्रहरु पनि उतानृ सक्थे ।’–कुलपति कर्माचार्यले भने ।

समको वास्तविक नाम बालकृष्ण शमशेर जङ्बहादुर राणा । वि।सं। २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले ‘शमशेर जङ्बहादुर राणा’ हटाई ‘सम’ थपेका थिए ।
समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि बिभिन्न क्षेत्रमा कलम चलाएका थिए । नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, कुशल वक्ता र दार्शनिक चिन्तक मानिन्छ तथापि समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को सम्मान दिइन्छ ।

१९५९ साल माघ २४ गते जन्मेका समको पक्षघातका कारण २०३८ साल साउन ६ मा निधन भएको थियो ।