Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

नीरफूलको फस्ट लुक

Tuesday, February 4, 2020 National Power

 

काठमाडौं– फिल्म ‘नीरफूल’ले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् ।

पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भुकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेको बताइएपनि पोस्टरमा भने उनी समेटिएकी छैनन् ।

 

निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति पनि फिल्ममा समेटिएको उनको दावी छ ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।