Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

भन्सारका नायब सुब्बा डेढ लाख घुससहित पक्राउ

Tuesday, February 4, 2020 National Power

जनकपुरधाम –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम भन्सार कार्यालयबाट एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आएको टोलीले उनलाई जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।